शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बोलन्या थली बाजुरा को पहलमा अक्सिजन हस्तान्तरण

बोलन्या थली बाजुरा को पहलमा अक्सिजन हस्तान्तरण

  • शनिबार, जेष्ठ ८, २०७८
बोलन्या थली बाजुरा को पहलमा अक्सिजन हस्तान्तरण

बाजुरा — बोलन्या थली बाजुराले जिल्ला अस्पताल बाजुरा र टाटे स्वास्थ्य चौकी बुढीगङ्गा लाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। प्राणका लाई ५ सय अभियान अन्तरगत नेपालगन्ज बाट अक्सिजन भरेर बोलन्या थलीको टिम बाजुरा पुगेर हस्तान्तरण गरिएकाे छ । कोरोना महामारीको समयमा बाजुरा जिल्लामा अक्सिजनको कमि हुदा बोलन्या थलीको निरन्तरको प्रयास पछि सिलिन्डर ल्याएर टाटे स्वास्थ्य चौकीको लागि पहल गरेकाे बाेल्न्या थली बाजुराका संयाेजक भरत बुढाले बताएका छन ।

बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख दिपकबिक्रम शाह र जिल्ला अस्पताल बाजुराको लागि जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी सन्तोष पन्त लाई बोलन्या थली बाजुराका संयोजक भरत बुढाले हस्तान्तरण गरेकाे संयाेजक बुढाले बताएका छ्न। अहिलेको विषम परिस्थितिमा अक्सिजन नपाएर ज्यान गुमाउन नपोरोस भन्ने उद्देश्यले बाेलन्या थलीले अक्सिजनको पहल गरेको बुढाले बताएका छन ।

अक्सिजनका लागि हाम्रो टिम अझै लागि पर्ने र आआफ्नो ठाउँ बाट प्राणका लागि ५ सय अभियानमा साथ दिन बोलन्या थलि सबैमा अनुरोध गर्दछ।सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन माननीय मन्त्री प्रकाश शाहकाे प्राबिधिक सहयोग , बोलन्या थली केन्द्रिय संयोजक यादव जोशी, डडेल्धुरा युनिटका संयोजक दिपक भट्ट लगायत सरोज तमोली, बाजुरा युनिटका संयोजक भरत बुढा लगायत पुर्ण जैसी, रुगम रावलको विशेष पहलमा अक्सिजन उपलब्ध भएको बाेल्न्या थली बाजुराका संयाेजक बुढाले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार