रमिता साहि
बेला बेला झस्काई रहन्छ यो समाचारले पनि
खुब व्यापार पाएछ अचेल कोरोनाको कारोबारले पनि।
कसैको जीन्दगी उजाड त कतै अस्तित्व मेटिरहेछ
अंह: सकेन समाजसेवी जति काम गर्न सरकारले पनि।
घरि उत्सव घरि शोक रङ्गमञ्च चलिरहन्छ त्यहाँ ।
के जनता जोगाउला खै स्वयंम पिडित वालुवाटारले पनि।
आश गर्नु भर नपर्नु त्यसै भनिएको हैन हजुर।
अरुको विजय भन्दा केहि सिकाउँछ स्वयमको हारले पनि।
आफ्नो लागी आफै सोच्नुस् मनोमानी गर्नै हुन्न ।
टाढा बाटै कहाँ झम्टीन्छ शरिरमा काँडेतारले पनि।