• होमपेज
  • समाज
  • लकडाउनकाे समयमा मोबाइलमै झुन्डिने प्रवृत्ति ह्‍वात्तै बढ्याे

लकडाउनकाे समयमा मोबाइलमै झुन्डिने प्रवृत्ति ह्‍वात्तै बढ्याे

यसले मानसिक समस्या निम्त्याउन सक्छ

  • शुक्रबार, जेष्ठ ७, २०७८
लकडाउनकाे समयमा मोबाइलमै झुन्डिने प्रवृत्ति ह्‍वात्तै बढ्याे

अर्थ जङ्ग शाही/ बझाङ्ग — दिनमा दुई घण्टाभन्दा बढी स्मार्टफोनको प्रयोग हानिकारक हन्छ। मोबाइल फोनको अत्याधिक प्रयोगले थुप्रै समस्या आउने गरेका छन । पछिल्लो समय मोबाईल प्रयोग गर्नेको संख्यामा बृद्धि भएसंगै यसको दूरुपयोगले गर्दा समस्या निम्तीने गरेका छन ।
मोबाइलको लत बस्यो भने पढाइमात्र होइन, व्यवहार र सोचाइमा असर पर्छ,’ उनी भन्छन्, ‘बालबालिका र किशोरकिशोरीले यौनजन्य र हिंसात्मक कन्टेन्ट बढी हेर्न सक्छन् । त्यसैले अभिभावकको प्रत्यक्ष निगरानीबिना मोबाइल दिनै हुन्न ।’
विभिन्न सामाजिक सञ्जालहरु र गेमका कारण खासगरी युवाहरु मोबाइलसँग धेरै नै नजिक हुन्छन । यसरी एकहोरो मोबाइल चलाइरहँदा उनीहरुको आँखामा सबैभन्दा बढी प्रभाव पर्ने गरेको छ । अत्याधिक समय मोबाइलमा बिताउँदा मानिसको आँखाको ज्योति विस्तारै खराब हुँदै जान्छ । साथै आँखामा आँसु आइराख्ने, धुमिलो देख्ने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समयस्याहरुले सताउने गर्छ । यस्तो समस्याबाट बच्नका लागि मोबाइललाई आँखाबाट सकेसम्म परको दुरीमा राखेर मोबाइल चलाउने गर्नुपर्छ । लगातार मोबाइलमा हेर्ने बानि हटाउनुपर्छ । बेलाबेलामा केहीबेरका लागि स्क्रिन अफ गरेर आँखालाई रेस्ट दिनु पनि फाइदाजनक हुन्छ ।
रातिको समयमा धेरै मोबाइल नचलाउनुस । साथै मोबाइल फोनलाई साइलेन्टमा राख्ने गर्नुस्, ता कि अनावश्यक रिंगले तपाईंको निद्रा खराब नगरोस ।
दैनिक कामकाजमा व्यस्त हुँदा त मोबाइल यति ‘प्यारो’ थियो भने लकडाउनमा के होला ? केहीलाई छोडेर धेरै कामविहीन बनेका छन्, घरभित्रै बस्नुपरेको छ । चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरु भयो, बझाङमा अहिलेलाई जेठ १७ गतेसम्म तोकिएको छ । त्यसपछि पनि के हुन्छ टुंगो छैन । सेल्फ–क्वारेन्टाइनमा बसिरहँदा समय बिताउने मुख्य सहारा नै मोबाइल बनेको छ । तर, हामी एउटा रोगबाट बच्न खोजिरहँदा मोबाइलमार्फत अर्को दीर्घकालीन रोगलाई निम्त्याइरहेका त छैनौँ ?

चर्चामा

सम्बन्धित समाचार