• होमपेज
  • कला /साहित्य
  • नमस्कार गार्‍हो छ

नमस्कार गार्‍हो छ

  • बिहिबार, जेष्ठ ६, २०७८
नमस्कार गार्‍हो छ

एक प्रतिनिधि मुलक घटना ।

मिडिया: नमस्ते , कस्तो छ त उहाँलाई अहिले ?

पिडित श्रिमान: कस्तो छ अहिले मैले हेर्न पाइरहेको छैन , दुई दिन त त्यहि राखेका थिए , त्यहाँ राखेर अक्सिजन दिएको थियाे , अनि पछि लगेकाे हाे भित्र, हेर्न पाएकाे छैन ।

ठिक,,,,,,ठिक,,,,,,, ठिक छ हाेला ठिक छ ।
डाक्टरलाई साेधेकाे ठिक छ
भन्छ ।
सास फेर्न गार्‍हो भयाे
बुढा भन्दै थिइ ।
भित्रबाट चाहिँ डाक्टरले भनेको अक्सिजन सकिन लायाे अर्को अक्सिजन खाेजेर ल्याउनु हामी सक्दैनाै भनेको छ ।

हजुर आफुले फेर्ने सासबाट बुढिलाई सहयोग दिन पाए त हुने थियो नि , याे पनि मिल्दैन ।
यता अक्सिजनकाे मान्छे चिनेकाे छैन काेहि पनि ,
ठिक,,,,,,ठिक,,,,,,,ठिक छ ठिक भयाे भने म उसलाई धरहरा घुमाउन लाने छु हई,,,,
धरहरा कस्तो राम्रो बनायाे ,
उसले नदेखेकाे पनि धरहरा जाने भन्दथि ।
अब उसलाई ठिक,,,,ठिक,,,,,,ठिक भयाे भने धरहरा देखाउने र काठमाडौं जताततै घुमाउने छु ।

रानि पाेखरि धरहरा कस्तो राम्रो बनाएको छ है ?????
यस्तो राम्रो राम्रो बनाउने सरकाले त राम्रो अस्पताल बनाइ दिएको भए हुने थियाे है ??? र हामीलाई सजिलो हुने थियाे ।

अक्सिजन सकियाे भनेर साथि भाईहरुलाई भनेको छु,मेराे परिवार मात्र हाेईन सबै आत्तिएर छटपटाई रहेका छन।

खालि म त्यहाँ छटपटाएकाे र आत्तिएकाे देखेकाे छु ।
मैले देखेकाे याे अवस्था
र चिज सरकार र नेताले
देखेमा राम्रो हुने थियाे ,,,,
नमस्कार गाराे छ ।

चर्चामा

सम्बन्धित समाचार