• होमपेज
  • समाज
  • बैकं कर्मचारीले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरे

बैकं कर्मचारीले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरे

  • बुधबार, जेष्ठ ५, २०७८
बैकं कर्मचारीले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरे

बाजुरा — कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यबिेला अक्सीजन किन्न अभियान संचालन गरेका छन । पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिहं खप्तड छेडेदह गाउँपालिका घर भई हाल सदरमुकाम मार्तडीमा ब्यापार गर्दै आएका ब्यापारी सुरेन्द्र नाथ र हुम्ला ताजाँकोटा गाउँपालिका घर भई हाल सदरमुकाम मार्तडीका ब्यापारी चक्र मल्लले सो अभियान संचालन गरेका छन । अक्सिजन किन्न अभियान संचालन भए संगै बिमा कम्पनीमा कार्यरत बिक्रम गुयालले १ हजार १ सय ११ रुपैया सहयोग गरेका छन । त्यसै गरी सेन्चुरी बैकका प्रबन्धक जिवन सिहंले ५ हजार १ सय, मेघराज शाहीले १ हजार १ सय ११, अनिल चौधरीले पनी १ हजार १ सय ११ र राम बुढाले पनि २ हजार १ सय सहयोग गरेको अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
जिल्लामा कोरोना भाइरसका बिरामी दिनानु दिन बढ्दै गएको अबस्थामा अक्सिजनको अभाव हुन नदिने उदेस्यका साथ सामासजिक अभियान मार्फत खरिद गरी जिल्ला अस्पताल बाजुरालाई हस्तान्तरण गर्ने अभियान्ताहरूले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार