१. कोरोनाको सन्त्रास
भएनन् पर्व नि खास
मनभरी डरैको बास।।
२.बसोस् नि मुटु भित्र
हलचल होस् बिचित्र
सधैं रहिरहोस् पवित्र।।
३.खोज्यौ कि भित्र पस्न
अड्डा जमाएर बस्न
पाइदैँन नाग झैँ डस्न।।
४.बर्साए नि चटारो
झरे हात पर्ला फल
नत्र खाली जान्छ झटारो।।
५.देशको राजनीति
थोत्रो थाल ठटाउनु
आमाकै नाक कटाउनु।।
६.कलिला युवा हामी
मनमा नेपाल आमा
हातमा हुन्छ राहदानी।।