शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना जितै लगतै विश्व किर्तिमान कायम गरेका जाङ्बु शेर्पा सत्रौँ पटक सगरमाथा आरोहण गरे

कोरोना जितै लगतै विश्व किर्तिमान कायम गरेका जाङ्बु शेर्पा सत्रौँ पटक सगरमाथा आरोहण गरे

  • शनिबार, जेष्ठ १, २०७८
कोरोना जितै लगतै विश्व किर्तिमान कायम गरेका जाङ्बु शेर्पा सत्रौँ पटक सगरमाथा आरोहण गरे

बाजुरा–विश्व किर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोना बाट सञ्चो भए लगतै १७ औ पटक बहराइनको राजकुमारको टोली सँगै सगरमाथा आरोहरण गरेका छन् । उनले बैशाख २८ गते मंगलवार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहरण गरेका हुन् ।
जाङ्ग्बु शेर्पाले सन् २००६ मा ४ मिनेट ४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड कायम राखेका थिए । बहराइनको राजकुमारको टोली सँगै काठमाडौ बाट अप्रिल ४ तारिक बेश क्याम्प प्रस्थान गरेका थिए । जाङ्ग्बु सगरमाथा बेश क्याम्पमा बिरामी भएका थिए । ज्वरो आउने खोकी लाग्ने समस्या भएपछि उनि अप्रिल २० तारिक हेलीकप्टरमा काठमाडौ आएका थिए । काठमाडौ चेक गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
जाङ्ग्बु कोरोना संक्रमण भएपछि ६ दिन अस्पतालमा उपचार गरेका थिए भने ६ दिन होमआइसोलेसनमा बेसको थिए । कोरोना सञ्चो भए लगत्तै उनि फेरी मे २ तारिक सगरमाथा बेश क्याम्पमा लागेका थिए । कोरोना जिते लगत्तै बेश क्याम्प बाट उनि ४ तारिक बहराइनका राजकुमारको टोली सँग बेश क्याम्प गएर बैशाख २८ गते सगरमाथामा सफल आरोहरण गरेका थिए ।
जाङ्ग्बु भन्छन्, कोरोना संक्रमण भएर बिरामी भए, सञ्चो हुने बित्तिकै सगरमाथा गए । कोरोना जितेर जानु धेरै जोखिम थियो, आत्माबल बलियो बनाएर गएको थियो । कुनै समस्या नभएर राम्रै सँगै सगरमाथा आरोहरण गरेर काठमाडौ पुुगेको वताए । उनले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमितलाई भने कोरोना जित्न आत्मबल ठुलो हो, आफुले कोरोना जितेर लगत्तै सगरमाथाको चुचुरो पुगेर आएको वताए । कोरोना संक्रमण भए भन्दै आत्माबल कमजोर नबनाउन उनले आग्रह समेत गरेका छन् ।
जाङ्ग्बुले २००३ देखि २०१९ सम्म १६ पटक लगातार सगरमाथा आरोहण गरिसकेका छन् । यो पटक गरेर उनको १७ पटक भएको छ । २०२० भने कोरोनाका कारणले सगरमाथा आरोहरण गर्न नसकेको उनि बताँउछन् । जाङ्ग्बु पछिल्लो समय सामाजिक सेवामा समेत तल्लिन रहेका छन् । उनले दुुर्गममा रहेको पिडित दुखि असाहयलाई सहयोग गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार