आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले अर्को मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा समेत शाहले प्राप्त गरेका हुन्।त्यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो भने आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले मन्त्री पदबाट राजीनामा दिएका थिए।
दुवै मन्त्रालय मन्त्रीविहिन बनेपछि मुख्यमन्त्री भट्टले दुवै मन्त्रालयको जिम्मेवारी निर्वाह गर्दै आएकोमा हाल आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएपछि दुई महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी मन्त्री शाहले प्राप्त गरेका हुन्।
प्रदेशका मुख्यमन्त्री त्रिलोचनले भट्टले भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी पाएपछि मुख्यमन्त्री भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री शाह दुई मन्त्रालयका मन्त्री बनेका हुन्।
मुख्यमन्त्री भट्टले बैशाख ३० गते मन्त्री शाहलाई अर्को मन्त्रालयको पनि जिम्मेवारी दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेवसाइटमा पनि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह भनेर समेत अद्यावधिक गरेको छ।