शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका ग्रामिण बजारमा निषेधाज्ञा उल्लघन गर्दै ब्यवासायी

बाजुराका ग्रामिण बजारमा निषेधाज्ञा उल्लघन गर्दै ब्यवासायी

  • शुक्रबार, बैशाख ३१, २०७८
बाजुराका ग्रामिण बजारमा निषेधाज्ञा उल्लघन गर्दै ब्यवासायी

निराजन सिहं — बाजुरामा पहिलाे चरणमा बैशाख २२ गते दाेस्राे चरणमा ३१ गते देखी निषेधाज्ञा  जारी गरिएकाे छ । तर जिल्लाका ग्रामिण क्षेत्रका बजारहरूमा भने त्यसकाे कुनै वास्ता नगरिएकाे पाइएकाे छ

बाजुरामा निषेधाज्ञा जारी भएपनी यसको प्रबाभ ग्रामीण बजारहरुमा भने परेको देखिदैन ।  यस बिषयमा  सम्बन्धित निकायको ध्यान नगएको र गाउँमा काेराेना महामारी फैलिने सक्ने डर स्थानीयमा रहेकाे बुढिगंगाका एक स्थानीयले बताए । निषेधाज्ञा भएपनी सदरमुकाम तिर भयो होला तर हाम्रो गाउँ तिर क्रोना आउदैन हामिलाइ सुरक्षा चाहिदैन सदरमुकाम तथा मुख्य ठाउँ का मान्छे बाचे भैहाल्छ भन्दै स्थानीय हरु आक्रोसित भएका स्थानियले बताएका छन । मुख्य गरि बुढिगङ्गा नगरपालिकाका गाउँ हरुमा निषेधाज्ञाको नियम पालना नगरेको स्थानियकाे भनाइ रहेकाे छ ।

गाउँ तिरका रोडमा गाडी दिनहु चल्न सामेत बन्द नभएको र बजार हरु पनि खुल्लै देखिने गरेकाे पाइएकाे छ । मान्छे हरु जताततै घुम्ने गरेको देखिएको छन एक स्थानीयले भने । हुने खाने हरू नै ब्यापारी छन धनीहरू नै गाडी चलाउछन हामी गरीवलाइ राेग सल्काउछन कि भन्ने डर यसकाे बिषयमा प्रहरी प्रशासनले साेचिदिन हुन स्थानीयले अनुराेध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार