• होमपेज
  • कला /साहित्य
  • यो राजनीति गरेर समस्या निदान हुँदैन,

यो राजनीति गरेर समस्या निदान हुँदैन,

  • बुधबार, बैशाख २९, २०७८
यो राजनीति गरेर समस्या निदान हुँदैन,

यो राजनीति गरेर समस्या निदान हुँदैन,
देशमा झनै बड्छ होला समाधान हुँदैन।

पैसाको लागी ईमान नीति नीयम ढल्दा,
भन्छ त्यसोगर्नु मिल्नु पर्छ वेमान हुँदैन।

यो पुँजीवादी ब्यबस्थामा धनिकै रजाई,
ब्यापार गर्दा गुप्त हुन्छ आवहान हुँदैन।

हेर्दा ईमान्दार देखिन्छ भित्र भित्रै केथा,
उन्को निदारमा बिक्रिको दोकान हुँदैन।

भन्छन एउटा माछोले तलाउ मैलोहुँदा,
पानीको भित्र उ हिँडेको निशान हुँदैन।

जेजस्तो भय पनि निर्देशन त मान्नैपर्छ,
त्यो भित्र हाँसो ठट्टा कुनै उखान हुँदैन।

ब्यबहार बुझेरमात्रै आरोप लगौनुपर्छ,
मानिश राम्रा पनि हुँन्छन सैतान हुँदैन।

हो सबै यो सेतेजस्तो त्यागि हुँदैन यँहा,
पुँजीनै मन नपराउँने त्यो बेजान हुँदैन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार