
बाजुरा — बाजुरा जिल्लामा कोरोना संक्रमीत हुनेको सख्या २ सय ४५ पुगेको छ । यो संगै जिल्लामा ३७ जना निको भइसेका छन भने ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ । पछिल्लो समय जिल्लाका कुन स्थानीय तहमा निम्न संक्रमित रहेका छन ।
बडिमालिका नगरपालिकामा आज ४ जना संक्रमित थपिए संगै १ सय २० पुगेको छ जसमा १९ जना संक्रमित निको भएका छन । बुढिनन्दा नगरपालिकामा २६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरि बुढिगंगा नगरपालिका २२ जना संक्रिमित रहेका छन, त्रिबेणी नगरपालिका १९, खप्तड छेडेदह गाउँपालिका ५ जना, गौमुल गाउँपालिका ९ जना, हिमाली गाउँपालिका ८
स्वामिकार्तिक खापर गाउँपालिका ५, जगन्नाथ ५ जना संक्रमित रहेका छन भने जिल्ला बाहिर ४ जना संक्रमीत रहेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।
