• होमपेज
  • विचार/ब्लग
  • कस्लाई भयो त फाईदा?ओलि जी।

कस्लाई भयो त फाईदा?ओलि जी।

  • बुधबार, बैशाख २९, २०७८
कस्लाई भयो त फाईदा?ओलि जी।

सुरेशकुमार पान्डे– हामिले भन्दै आएका थ्यौँ ओलिले आत्माघाति निर्णय गरेकाछन।उन्ले छिमेकिकै ईसारामा जुन पाईला चालेका थिए त्यस्को गनतब्य यँहा सम्म थियो।
वास्तबमा भन्नेहो भने छिमेकीले अत्यान्तै गहिरो चाल चलेको थियो।बिस्तारै ‘रअ’कै माध्यायम बाट नारि छामेर ओलिलाई पाखा लगाउँन गरेको रणनैतिक उदेश्य पुरा गर्न। त्यसमा उसले चलेको चाल कामियाब भएकोछ।अहिले अबिस्वासको प्रश्ताब पारित भै सकेकोछ।कुल२३२जनाले भोटिङ्ग गरेकामा पक्षमा९२र बि बिपक्षमा१२४मत,तटस्त१५मत,२७जनाको अनुपस्थित रहेको थियो।यसरी ओलिको सरकार अहिले बिस्वासमत हाशिल गर्नमा असफल रहेपछि ओलि सरकार बाट भाईरिएकाछन।के अनउपस्थित रहेकाहरुको संसदमा भागलिने र आफ्नो मत जाहिर गर्नु पर्ने आबस्याकता वा क्रतब्य थिएन?त्यो पनि एउटा गम्भिर बिषय हुँन जान्छ।
अब आउँने सरकारले ओलिले नसकेको काम गर्नु पर्नेछ भनेर बुझ्न गारो पर्दैन।ति प्रथम काम एम सीसी पारित गर्नु,दोस्रो निशान छाप नक्शालाई बदर गर्नु र साम्राज्यावादी ईसारामा कटपुत्तलिको नचाईगर्न राजिहुँनु।
त्यहि साम्राज्यबादी कामका लागि यो संसदिय खेलभएको र यि साँसदहरु पनि साम्राज्यावादका गोटी भएका थिए भनेर बुझिन्छ।
हामिले पहिलै देखि भन्दै आएका थ्यौँ सके एकता नभय तालमेल गरेर भयपनि पाँच बर्ष सरकार चलाउँनु पर्छ।वामपन्थि फुटेपछि पक्कैपनि प्रतिकृयावादीलाई फाईदा हुँन्छ भन्नेबारे प्रष्टनै थियो।त्यसका बाबजुद पनि ओलीले त्यो आतमा घाति पाईला चालेका हुँन।
हाम्रो देशमा राजनीतिमा सदैभरी छिमेको तिखो नजर रहँदै आएको कुरा कसैबाट लुकेको छैन।अप्रत्यक्षरुप बाट संसद बिघटनमा पहिले”रअ”को हाथ भयका कुराहरुपनि आएकाछन।भारतिय गुप्तचर ऐजेन्शिले भुमिका खेलेको कुरा कसैबाट लुकेको पनि छैन।
तर जेहौश जनताले त्यो कदापि सहनेछैनन्।देशमा अब छिट्टै निर्वाचन भयन भने देश गृहयुद्ध तर्फ लाग्छ तर छिट्टै निर्वाचन गराउँन सम्भबपनिछैन भन्नेकुरा बुझ्नपर्छ।अहिले देशको राजनीतिक शक्तिहरु खास गरेर ठुलादल मध्य पनि वामदलहरुलाई ठुलो धोका भयकोछ उनिहरुलाई आपसमा फुटाएर जुनप्रकारको कम्जोर बनाईयो।अब उनिहरुले बिगतको त्यो ठुलो शक्ति लाई जीवनभरी हातपार्न गारोछ।मात्र पछुतो उनिसँग अबशेष रहेकोछ।
यही चाहेकाछन राजनीतिक पार्टीहरुले पनि।जुन सुकैसरकार आएपनि बिदेशीको ईसारामा नाच्ने उसैको नतमस्तक हुँदैआएको ईतिहाश छ।अहिले पनि त्यो अबस्था नआउला भन्न गारोछ।हाम्रो देशका राजनीतिक शक्तिहरुको अक्ल सदैभरी समय बितेपछि आउँने गरेको ईतिहाशछ।
जहिले पनि बच्काना पन अदुरदर्शिएता अप्नाउ्दै आएकाछन।२००७साल देखिको ईतिहाशमा राजनीतिक शक्तिको कम्जोरीको फाईदा देशिय सामन्तहरु र बिस्तारवादी शक्तिले उठाउँदै आएकाछन।
जनताले लगातार राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि गर्दै आएको शंघर्ष लाई त्यहि आन्दोलनभित्र पसेका अवसरबादी शक्तिहरुले आफ्नो स्वार्थको लागि उपयोग गर्दै आएकाछन।तर अहिले देशमा प्रतिगामि शक्तिको भन्दापनि साम्राज्यावादी शक्तिको बढि खतराछ।अहिले देशभित्रको स्वाभिमान धेरै खतरामाछ।एकातिर छिमिकी आर्को तिर अमेरिकन साम्राज्यावादी शक्तिले हाम्रो देशलाई सखाफ पार्ने योजना बनाएकैछन।एमसीसी त्यसैको एउटा कडिको रुपमा देशभित्राईएको हो।लगातार हाम्रो देशमा अनाबस्याक प्रकारका रोगहरु भित्राएर देशलाई टुक्रा पार्ने र देशको सार्भौम शक्ति बिदेशीको हातमा सौ्पेर देशलाईनै नामेट पार्ने जुन योजना बनाएकाछन।त्यहि योजना अन्त्रगत आएको संघियता र अहिले एमसीसीलाई बुझ्नु पर्छ।
नेपाल एउटा सानो देशहो जसलाई १८१५-१६को सुगौलि शन्धिले साँगुरो पारेर जम्मा जम्मि१,४७,१८१बर्ग किलोमिटरमा सिमि्टाएकोछ।हाम्रो देश बिस्वका ३४भूपरिबेश्ठित देशहरु मध्य को हो।एसियाका दुई ठुला-ठुला देशको एउटा भारत-३२,८७,२६३वर्ग किमि,नेपाल भन्दा करिब बाईस गुना ठुलो देश र चीन९५,१६०००वर्ग कि.मि जमिन ओगटेको दुबै ठुला-ठुला देशको चपेटमा परेको एसियाको मालदिप्स र भुटान पछिको तेस्रो सानो देशहो।देशलाई तेस्रो मुलुक बाट समान ओसार पसार गर्दा यिनै दुबै देशहरु मध्य एउटा देशभयरै आउँने जाने गर्नु पर्छ।यो पारगमन मुद्धा अन्तरराष्ट्रीय मुद्धाहो।यस्तो अबस्थामा पनि जसको भोगौलिक समस्या र राजनीतिको मुल्यांकन नगरिकन भित्राईएको संघियताले देशलाई आर्थिक र भोगौलिक रुपमा राजनीतिक रुपमा पिडित र कम्जोर बनाउँने कुरा प्रस्टैछ।
हाम्रो देशलाई कुनै शंधि सम्झौता भन्दा वा कसैको अनुदान लिएर भन्दा आफ्नै लगानिमा देशमा बिधुत लगाएत अरु कलकारखाना खोलेर देशलाई आत्मनिर्भर गराउँने र युवा शक्तिहरुलाई काम दिने गरेपछि देशले निकास पाउँने थियो।
अहिले देशको अबस्था यस्तो जटिलछ त्यसैमा पनि राजनीतिक पार्टीहरु सरकारलाई घेर्ने कम्जोर गराउँने तिर लागेकाछन।अब ओलिको सरकार ढालेपछि कस्तो सरकार आउँछ के त्यो आउँने सरकार ओलिको सरकार भन्दा प्रगतिशिल होला?यसबारे प्रष्ट भन्न सकिदैन।तर ओलिको जुन तानासाहि र गैर प्रजान्त्रिक ब्यबहार थियो त्यो स्वायम ओलिको लागिपनि आत्माघाति ब्यबहारनै भयो।अहिले त्यसबारेमा सबैको सामुन्ने प्रष्टै भयो सबैको सामुन्ने छर्लङ्गै भयकोछ।आपसमा फुटेपछिको अबस्था अत्यान्तै दयानिय हुँनेछ झनै आउँने दिनहरुमा।

चर्चामा

सम्बन्धित समाचार