सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाले दुई स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन बनाउने

बुढिगंगा नगरपालिकाले दुई स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन बनाउने

  • मङ्लबार, बैशाख २८, २०७८
बुढिगंगा नगरपालिकाले दुई स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन बनाउने

बाजुरा — जिल्लाको बुढिगंगा नगरपालिकाले दुई ओटा स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन बनाउने निणर्य गरेको छ । नगर स्थरिय कोभिट १९ संकट ब्यबस्थापन समितिको मंगलबार बसेको बैठकले सो निणर्य गरेको हो । देउली सैन स्वास्थ्य चौकी र ब्रम्तोला स्वास्थ्य चौकीलाई अक्सीजन सहितको आइसोलेशन बनाउने निणर्य गरिएको जनाएको छ ।
बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको अध्यक्षतामा बसेको बैंठकले कोभिट १९ रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले गर्न सक्ने सबै कामहरु गर्ने गरी निणर्य गरिएको बुढिगंगा नगरपालिका स्वास्थ्य सह संयोजक हस्त खडायतले बताएका छन ।
त्यसै गरी नगरपालिकामा नगर प्रमुख र अन्य सबै वडामा वडा अध्यक्षहरुको संयोजकत्वमा कोभिट १९ रोकथाम तथा ब्यबस्थापन समिति गठन गरी कोभिट १९ जस्तो महामारीबाट नागरिक बचाउने उदेस्यका साथ अगाडी बढ्ने र कोभिट रोकथाममा वडाहरुले पनि ब्यबस्थापन तथा रोकथामका लागि निणर्य गरेको स्वास्थ्य सह संयोजक खडायतले बताएका छन । त्यसै गरी कोभिट १९ को रोकथाम तथा नियन्त्रणमा खटिने फ्रन्टलाईनमा रहेका स्वास्थ्य कर्मीहरुलाई ५०  प्रतिशत जाेखीम भत्ताको समेत ब्यबस्था गर्ने निणर्य गरिएको जनाएको छ । जसमा आइसोलेशनमा खटिएका स्वास्थ्य कर्मीहरुलाई ७५ प्रतिशत जाेखिम भत्ताको ब्यबस्था गर्ने स्वास्थ्य सह संयोजक खडायतले बताएका छन ।
त्यसै गरी कोही कोरोना भाईरसका कारण मृत्यु भएमा गुईगाडको सेरा र बार्जुगाडको मोरामा नेपाली सेनाको समन्वयमा शव ब्यबस्थापन गरिने बताएका छन । जिल्ला बाहिरबाट आउनेहरुका लागि आबस्यक अनुसार स्वास्थ्यको मापदण्ड पालना गरि नगरपालिकाले आबस्यक सहयोग गर्ने र एन्टिजेन किटकाे लागि प्रदेश सरकार र गैर सरकारी निकायहरू संग समन्वय गरी अगाडी बढ्ने  निणर्य गरिएको स्वास्थ्य संयोजक खडायतको भनाई रहेको छ ।
त्यस्तै नगरपालिका नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकले केही दिन आएको अबिरल बर्षासंगै बाढि र पहिरोमा परी क्षेती भएका नागरिकहरुका लागि राहत साम्रगीको ब्यबस्थापनका लागि बिभिन्न निकाय तथा सरकारी गैर सरकारी निकायसंग समन्वय तथा पहल गर्ने निणर्य गरिएको स्वास्थ्य सह संयोजक खडायतले बताएका छन ।

नगर प्रमुख शाहले  कोरोना रोकथाम र नियन्त्रणका लागि हामी सबैको साझा प्रयास हुन जरुरी रहेकाे बताएका छन आत्म अनुशासन, स्वास्थ्य सुरक्षाका पालना तथा सरसफाईमा विशेष ध्यान दिन जरुरी छ, यसमा सहयोगका लागि सम्पुर्ण बुढीगंगाबासी दाजुभाई तथा दिदीबहिनीहरुमा नगरप्रमुख शाहले अपिल समेत गरेका छन ।

हामीसंग सबै किसिमको साधन स्रोतहरुको अभाव छ यसका बाबजुद पनि हामीसंग उपलब्ध साधनस्रोत भरपुर रुपमा उपयोग गर्दै नागरिक स्वास्थ्य उपचारमा केन्द्रीत रहन प्रतिबद्ध रहेकाे बताएका छन। कोरोना भाइरस नियन्त्रणमा ज्यानको बाजी थापेर काम गरिरहेका बढीगंगा नगरपालिका अन्तर्गतका आइसोलेसनका कर्मचारीहरुको ७५% र अन्य स्वास्थ्यकर्मीहरुलाई ५०% जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत जानकारी गराएका छन ।

चर्चामा

सम्बन्धित समाचार