आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बडिमालिका खबर द्धारा कन्सन बाजुरालाई खाद्यन्न र स्वास्थ्य सामाग्रि सहयोग (भिडियाे सहित)

बडिमालिका खबर द्धारा कन्सन बाजुरालाई खाद्यन्न र स्वास्थ्य सामाग्रि सहयोग (भिडियाे सहित)

  • मङ्लबार, बैशाख २८, २०७८
बडिमालिका खबर द्धारा कन्सन बाजुरालाई खाद्यन्न र स्वास्थ्य सामाग्रि सहयोग (भिडियाे सहित)

बाजुरा — बुढिगंगा नगरपालिका १ मा रहेको कन्सन बाजुरालाई बडिमालिका खबरले खाद्यन्न र स्वास्थ्य साम्रागि सहयोग गरेको छ । कोरोनाको कहरमा कन्सन बाजुरा बालगृहमा रहेका वालवालिकालाई चामल, दाल, मास्क, साबुन सेनिटाइजर सहयोग गरेको बडिमालिका खबरका प्रकाशक/ सम्पादक प्रकाश सिंहले वताएका छन् ।
मातातिर्थ औशि तथा आमाको मुख हेर्ने दिनको अबसर पारेर बडिमालिका खबरको टिम कन्सन बाजुरामा पुुगेर सहयोग गरेको हो । बालगृहमा १३ जना बालवालिका रहेका छन् । कोरोनाको संकट थोरै भएपनि बालगृहमा रहेका भाइबहिनीलाइ सहयोग होस भनेर सहयोग गरेको कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायले वताएका छन् ।
बालगृहमा सहयोग गर्नका लागि अष्ट्रलियन नागरिक मार्गारिटा, छाम्जी शेर्पा र बडिमालिका नगरपालिकामा कार्यरत कर्मचारी बिर बहादुर बिष्टले सहयोग गरेका थिए । मातातिर्थ औशि तथा आमाको मुख हेर्ने दिनको अबसर पारेर बालगृहमा रहेका वालवालिकालाई बडिमालिका खबरको सहयोग अभियान मार्फत सहयोग गरेको बिष्टले वताएका छन् ।
कन्सन बाजुराका अध्यक्ष बहादुर थापाले भने यो संकटमा बडिमालिका खबरले गरेको सहयोग ठुलो भएको सहयोगिलाई धन्यवाद दिएका छन् । यो संकटको बेला बालगृहमा १३ जना बालवालिका रहेका छन्, तिनिहरुलाई दैनिक खाद्यन्न, साबुन, लुुगाकपडा ब्यबस्थापन गर्न समस्या रहेको सहयोगका लागि अपिल समेत गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष बहादुर थापा, महासचिब पदम भण्डारी, बडिमालिका खबरका प्रकाशक प्रकाश सिंह, अनलाईन सम्पादक लक्ष्मिराज पाध्याय लगायतको सहभागिता रहेको थियो । बडिमालिका खबरले अफ्ठयारोमा परेका ब्यक्ति तथा समुदायलाई निरन्तर सहयोग गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार