• होमपेज
  • समाचार
  • प्रेस युनियन रौतहट शाखाका कोषाध्यक्षको कोरोनाबाट मृत्यु

प्रेस युनियन रौतहट शाखाका कोषाध्यक्षको कोरोनाबाट मृत्यु

  • मङ्लबार, बैशाख २८, २०७८
प्रेस युनियन रौतहट शाखाका कोषाध्यक्षको कोरोनाबाट मृत्यु

रौतहट — नेपाल प्रेस युनियन रौतहट शाखाका कोषाध्यक्ष रामादेवी यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यादवको मंगलबार जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लो एक सातादेखि बिरामी भएर गौरस्थित घरमै उपचाररत उनलाई आज अपरान्ह थप उपचारका लागि जिल्ला अस्पताल गौरमा लगिएको थियो । शरीरमा रगत चढाउने क्रममा उनको मृत्यु भएको हो ।

मृत्युपछि एन्टिजेन चेक गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल गौरले जनाएको छ । रौतहटमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४९० पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार