• होमपेज
  • समाचार
  • सेती अस्पतालबाट २ जना कोरोना संक्रमित डिस्चार्ज भए

सेती अस्पतालबाट २ जना कोरोना संक्रमित डिस्चार्ज भए

  • आइतवार, बैशाख २६, २०७८
सेती अस्पतालबाट २ जना कोरोना संक्रमित डिस्चार्ज भए

धनगढी– पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जनाले कोरोना जितेर घर फर्किएका छन्। २ जना डिस्चार्ज हुँदा थप ३ जना नयाँ संक्रमित भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १८ जना आइसियूमा, २६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

चर्चामा

सम्बन्धित समाचार