बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा कोरोनाका बिरामीलाई खोजेर परामर्श तथा सेवा दिदै

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा कोरोनाका बिरामीलाई खोजेर परामर्श तथा सेवा दिदै

  • आइतवार, बैशाख २६, २०७८
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा कोरोनाका बिरामीलाई खोजेर परामर्श तथा सेवा दिदै

बाजुरा–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले कोरोना संक्रमितलाई परामर्श तथा प्रतिरोधात्मक क्षमता बढाउने औषधि बितरण गरिरहेको छ । कोरोना बिरामीलाई आफै सम्पर्क गरेर उनिहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकारी सँगै उपचार तथा परामर्श गर्ने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकि बैद्य नर्मदा कुवरले वताएकि छन् ।
स्वास्थ्य कार्यालय बाजुराबाट प्राप्त रिपोर्ट अनुसार कोभिड १९ नया भेरिएन्टबाट संक्रमण व्यक्तिलाइ खोजेर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिने गरेको कार्यलयले जनाएको छ । बिरामीलाई आफै खोजि गरेर उनिहरुको स्वास्थ्य अबस्थाको जानकारी लिने अफ्ठयारो परेका बिरामीलाई उपचार तथा सल्लाह दिने गरेको नर्मदा कुवरले वताएकि छन् ।
बिरामीलाई फोन गर्ने उनिहरुको अबस्था बुझेर घरमै पुुगेर भएपनि औषधि दिने गरेको छ । केही दिन यता मात्र ७३ जना कोराना संक्रमितलाई परामर्श तथा औषधि बितरण गरेको नर्मदाले वताईन् । बिरामीलाई आफै सम्पर्क गरेर उनिहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकारी समेत लिने गरेका छौ, नियमित बिरामी सँग सम्पर्कमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ । बाजुरामा आइतबार दिउँसो सम्म २ सय २ जना पुुगेका छन् ।
पछिल्लो समय कोरोना संक्रमित रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद औषधि प्रयोग गरिरहेका छन् । कोरोनाका बिरामीको उपचार परामर्श मात्र नभई आयुर्वेद स्वास्थ्य केन्द्रले कोभिड बाट बच्नका लागि सन्देश समेत दिइरहेको छ । सदरमुकाम मार्तडीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक सहित स्वास्थ्यकर्मीले सेवा दिइरहेको छ । त्यस्तै गौमुल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । बुढिनन्दा नगरपालिकाको कोल्टिमा कुण्डा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ । सबै स्वास्थ्य केन्द्र बाट कोभिडका बिरामीको उपचार तथा परामर्श भइरहेको छ ।
जिल्ला आयुर्वेद बाजुराले बाजुरामा प्रभाबकारी सेवा दिइरहेको छ । नसर्ने रोग दम, अम्लपित्त, उच्च रतmचाप, मधुमेह, श्वासप्रस्वास, मेदोगत रोग, वातब्याधि रोगहरुको बिशेष उपचार भइरहेको छ । त्यो सँगै जिल्ला आयुर्वेद बाजुराले पछिल्लो समयमा गाँउघरमा पुगे आयुर्वेद उपचार समेत दिदै आएको छ । पछिल्लो सयम बाजुरामा आयुर्वेद उपचार सेवा प्रभाबकारी बन्दै गएको स्थानियले वताएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा पछिल्लो समयमा उपचार गर्नेको निकै भिड लाग्ने गरेको छ, कार्यलयको सेवा प्रभाबकारी भएपछि उपचार गर्नेको संख्या बढेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार