• होमपेज
  • बडिमालिका
  • कोरोनाको महामारीमा सदरमुकाम मार्तडीमा बिरामी बोक्ने एम्बुलेन्स छैन

कोरोनाको महामारीमा सदरमुकाम मार्तडीमा बिरामी बोक्ने एम्बुलेन्स छैन

  • आइतवार, बैशाख २६, २०७८
कोरोनाको महामारीमा सदरमुकाम मार्तडीमा बिरामी बोक्ने एम्बुलेन्स छैन

बाजुरा–बाजुरामा कोरोनाको कहर दिनप्रदिन बढि रहेको छ । दोस्रो चरणको लहर फैलिएसकेपछि बाजुरामा दुुई जना कोराना संक्रमितको मृत्यु भइसकेको छ । कोरोनाको कहर तिब्र रुपमा फैलिएको भएपनि बाजुराको सदरमुकाम मार्तडीमा एउटा पनि बिरामी बोक्ने एम्बुलेन्स नहुँदा निकै समस्या भएको छ ।
एम्बुलेन्स नहुँदा अझ कोरोनाका बिरामीले गाडि नहुदा निकै सास्ति भोग्नु परेको छ । बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष बिनोद कुमार बिकलाई शनिवार जिल्ला अस्पताल बाजुराले डडेल्धुरा रिफर गरयो । कोरोना संक्रमित बिकलाई कुनै पनि प्राइभेट गाडिले लिन मानेन्न, । धेरै प्रयास गरेपछि वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश रावलले आफ्नो निजि गाडि दिएर बिकलाई उपचारका लागि डडेल्धुरा लगियो । बिकको डडेल्धुरा लिने क्रममा शनिवार साँझ अछामको साँफेबगरमा मृत्यु भएको थियो ।
कोरोना संक्रमतिले घर बाट जिल्ला अस्पतालमा उपचारका लागि जान र तथा अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर लिन खोजेपनि एम्बुलेन्स नहुदा गाडि नपाउने गरेका छन् । बडिमालिका नगरपालिका ८ मा एकजना संक्रमितले जिल्ला अस्पतालमा उपचारका लागि जान गाडि नपाउँदा १ दिनपपछि मात्र जिल्ला अस्पताल बाजुरामा उपचारका लागि पुुगे । उनका आफन्तले भने गाडिका लागि धेरै ठाँउमा भन्यौ, कसैले लिन मानेन्न्, पछि मोटरसाइकलमा जोखिम मोलेर जिल्ला अस्पताल बाजुरा उपचारका लागि लगेको बताए ।
नागरिक समाजका अगुवा तथा ईन्सेक जिल्ला प्रतिनिधि पदम बहादुर सिंह भन्छन्, सदरमुकाम मार्तडी तथा जिल्ला अस्पताल बाजुरामा एम्बुलेन्स नहुनु भनेको लाजमर्दो कुरो रहेको वताउँछन् । कोरोना संक्रमितलाई ओसारपोसार गर्न त एम्बुलेन्स सबैभन्दा आबश्यक रहेको सिंह बताउँछन् । अन्य बिरामीलाई त प्राभइभेट जिवहरुले बोक्ने गरेको छ, कोरोना बिरामीका लागि भने गाडि नपाईने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताएका छन् । सदरमुकाम मार्तडी तथा जिल्ला अस्पताल बाजुरामा एम्बुलेन्स नहुँदा कोरोना संक्रमित बिरामीलाई निकै समस्या भएको खड्काले वताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने सदरमुकाम मार्तडी एउटा पनि एम्बुलेन्स नहुदा निकै समस्या भएको वताए । बडिमालिका नगरपालिकालाई भारतीय राजदुताबासले ५ बर्ष पहिले हस्तान्तरण गरेको एम्बुलेन्स भने सञ्चालनमा नआउदै अलपत्र अबस्थामा रहेको छ । जिल्लामा हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बुढिगंगा नगरपालिका एउटा एउटा एम्बुलेन्स सञ्चालनमा रहेका छन्, भने जिल्लाभरी ३ वटा एम्बुलेन्स भने बिग्रेर अलपत्र अबस्थामा रहेका छन् ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशीले भने एम्बुलेन्स नहुदा निकै समस्या भएको वताए । अस्पतालमा गएको बर्ष एम्बुलेन्स र शवबाहान खरिदका लागि बजेट आएको थियो । त्यो बर्ष खरिद गर्न नसकेर रकम फिर्ता भएको थियो । यो बर्ष पनि एम्बुलेन्स र शवबाहान खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रियामा पुुगेको अस्पताल बाजुराका प्रमुख डा. जोशीले वताए । बजेट साउन भदौमा आएको हो, तर अहिले आफु कार्यलय प्रमुख भएर आएको दुुई हप्ता भयो, अहिले खरिद प्रक्रियामा गएको बताए । एम्बुलेन्स र शवबाहान खरिदका लागि १५ लाखका दरले बजेट आएको जोशीले वताए । अहिले प्रक्रियामा गएको छौ एकदुुई महिना लाग्ने उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार