• होमपेज
  • समाचार
  • बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • शनिबार, बैशाख २५, २०७८
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बझाङ बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा केदारस्युँ-१ देउरा बस्दै आएका ७० वर्षीय वृद्ध रहेका छन्।

उनको शुक्रबार राति १२ बजे गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा मृत्यु भएको हो।

विगत ५ वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित उनी शुक्रबार गम्भीर अवस्थामा अस्पताल पुगेका थिए। बिहीबार मात्रै उनको एन्टिजेन्ट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

चर्चामा

सम्बन्धित समाचार