शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाचार
  • बेड नपाएर एक वडा सदस्यको एम्बुलेन्समै मृत्यु

बेड नपाएर एक वडा सदस्यको एम्बुलेन्समै मृत्यु

  • शुक्रबार, बैशाख २४, २०७८
बेड नपाएर एक वडा सदस्यको एम्बुलेन्समै मृत्यु

काठमाडौं– बुटवलमा एकजना वडा सदस्यको अस्पतालमा बेड नपाएर एम्बुलेन्समै मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्ने क्रममा एम्बुलेन्समै मृत्यु भएको हो।

उनलाई एक हप्ताअघि कोरोना भाइरसको संक्रमण पुस्टि भएको थियो। अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या भएपछि क्रिमसन अस्पताल मणिग्राम, भैरहवाको भीम अस्पताल र मेडिकल कलेज पुर्‍याइएको थियो।

तीनवटै अस्पतालमा बेड नपाउँदा समयमै उपचार हुन नसकेकाले वडा सदस्य थापामगरको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।

चर्चामा

सम्बन्धित समाचार