शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाले ३० वर्षीय एक पुरुष कर्मचारीको मृत्यु

कोरोनाले ३० वर्षीय एक पुरुष कर्मचारीको मृत्यु

  • शुक्रबार, बैशाख २४, २०७८
कोरोनाले ३० वर्षीय एक पुरुष कर्मचारीको मृत्यु

डोटीमा कोरोना सङ्क्रमणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनियर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । केही दिन पहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो ।

उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिए ।

उनीसहित कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी दोस्रो व्यक्ति हो ।

शव नेपाली सेनाले आजै अन्त्येष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार