मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा बुढिनन्दा नगरपालिका उपप्रमुख रेग्मीलाई कोरोना पोजेटिभ

बाजुरा बुढिनन्दा नगरपालिका उपप्रमुख रेग्मीलाई कोरोना पोजेटिभ

  • बिहिबार, बैशाख २३, २०७८
बाजुरा बुढिनन्दा नगरपालिका उपप्रमुख रेग्मीलाई कोरोना पोजेटिभ

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीलाइको कोरोना पुष्टि भएको छ । बिगत ३ दिन देखी सुख्खा खोकी लागेको र कोभिट १९ संग मिल्दो जुल्दो लक्षण देखा परेकोले आज उनले एन्टिजेन प्ररिक्षण गर्दा पोजेटिभ देखिएको बताएकी छन ।

उनले आफ्नो सामाजिक संजाल फेशबुक मार्फत आफुलाई कोरोना पुष्टी भएको र ३ दिन देखी होम आइसोलेशनमा रहेकी बताएकी छन । उनले ३ दिन अगाडी सम्पर्कमा रहेका सबैलाई सचेत र सुरक्षीत हुन अनुरोध समेत गरेकी छन । स्वास्थ्यमा काेराेना भाइरसकाे सामान्य लक्षण देखा  परेकाे भए पनि स्वास्थ्यमा सामान्य रहेकाे सामाजिक संजालमार्फत बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार