बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • धार्मिक
  • ०७८ साल वैशाख २३ गते बिहीबारकाे राशिफल

०७८ साल वैशाख २३ गते बिहीबारकाे राशिफल

  • बिहिबार, बैशाख २३, २०७८
०७८ साल वैशाख २३ गते बिहीबारकाे राशिफल

विस. २०७८ साल वैशाख २३ गते बिहीबार । इस्वी सन् २०२१ मार्च ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि– दशमी, ३० घडी १० पला, बेलुकी ०५ बजेर २७ मिनेट उप्रान्त एकादशी । नक्षत्र–शतभिषा, २१ घडी २२ पला, दिउँसो ०१ बजेर ५६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–ऐन्द्र, ४२ घडी ४२ पला, बेलुकी १० बजेर २८ मिनेट उप्रान्त वैधृति । करण– वणिज, बिहान ०५ बजेर २५ मिनेट उप्रान्त भद्रा, बेलुकी ०५ बजेर २७ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौँमा सूर्याेदय बिहान ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३३ घडी ११ पला ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, ऊ,ए,ओ,वा,वी,वु,वे,वो) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि दिन उत्तम रहेको छ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा मायाप्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) आफ्नो क्षमता प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मानसम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलाशी जीवन व्यातित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलार्ई साइड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।

तुला (रा,री,रु,रे रो,ता,ती,तु,ते) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग छ । सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) सवारी साधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोषजनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढी सुन्नुपर्नेछ । आमासँग मनमुटाव बढ्नेछ । विद्यामा बढी नै समय लगानी नगरे अरूभन्दा पछि परिनेछ भने छातीसम्बन्धी सामान्य समस्याले सताउनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विशेष पद पाउने समय छ । छोटो तथा अर्थपूर्ण उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जोस जाँगर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरूलाई पछिपार्दै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । मीठो बोलेर अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) कामगरी अरूलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मानसम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरूले राज्यबाट पद पाउने समय रहेको छ । विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन लोभ्याउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी सामान्य समस्या आउन सक्छ । पढाइलेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुःखी हुनेछ । गलत साथीको सङ्गतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग छ, ध्यान दिनुहोला ।

तपाईंको दिन शुभ रहोस्

चर्चामा

सम्बन्धित समाचार