• होमपेज
  • समाचार
  • बँदेलको आक्रमणबाट मृत्यु

बँदेलको आक्रमणबाट मृत्यु

  • शनिबार, बैशाख १८, २०७८
बँदेलको आक्रमणबाट मृत्यु

चितवन– जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।

ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना शुक्रबार साँझ भएको हो।

चर्चामा

सम्बन्धित समाचार