• होमपेज
  • समाचार
  • कार बम विस्फोट हुँदा कम्तीमा ३० को मृत्यु

कार बम विस्फोट हुँदा कम्तीमा ३० को मृत्यु

  • शनिबार, बैशाख १८, २०७८
कार बम विस्फोट हुँदा कम्तीमा ३० को मृत्यु

काबुल– कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। भीडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।

अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोटनको घटना भएको हो। स्थानीय समय अनुसार बेलुका ६.५० मा घटना भएको थियो। प्रारम्भीक विवरण अनुसार विस्फोटन भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो।

घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्यामा बृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्।उनीहरुका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बृद्धि हुने अनुमान गरिएको हो। विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षती पुगको अधिकारीहरुले जनाएका छन्।

घटनाबाट प्रभावित भएका मध्ये धेरै जना स्वास्थ्यकर्मीहरु समेत रहेका छन्। त्यसैगरी विश्वविद्यालयको प्रवेश परिक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन्।

चर्चामा

सम्बन्धित समाचार