• होमपेज
  • समाचार
  • कैलालीमा कोरोनाबाट थप ४ को मृत्यु

कैलालीमा कोरोनाबाट थप ४ को मृत्यु

  • शनिबार, बैशाख १८, २०७८
कैलालीमा कोरोनाबाट थप ४ को मृत्यु

कैलालीको सेती प्रादेशिक कोरोना अस्पतालमा आज थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर ७ बस्ने बर्ष ५० का महिला, गोदावरी २ बस्ने बर्ष २८ का पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का ३२ बर्षका पुरुष र बेल्डाडीका ५५ बर्षका १ पुरुष रहेको जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी जानकारी दिए ।

२ जना भारतबाट आएका हुन् भने २ जान स्थानीय नै भएको उनले बताए । भिमदत्त १८ का ३२ बर्षका पुरुष यही वैशख ५ गते कोरोना पुष्टि भई अस्पतालमा भर्ना भएका थिए भने मृत्यु शुक्रबार भएको र बेल्डाडीका ५५ बर्षका पुरुषको पनि शुक्रबार नै दिउँसो मृत्यु भएको उनले बताए । अन्य २ जनाको भने आज नै मृत्यु भएको उनले बताए । ४ वटै शव आजै ब्यबस्थापन गरिएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार