• होमपेज
  • समाचार
  • तीन दिनको बीचमा कोरोनाबाट आमा छोराको मृत्यु

तीन दिनको बीचमा कोरोनाबाट आमा छोराको मृत्यु

  • शनिबार, बैशाख १८, २०७८
तीन दिनको बीचमा कोरोनाबाट आमा छोराको मृत्यु

सुनसरीको इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

६२ वर्षीय छोराको आज विहान नोबेल मेडिकल कलेजको कोभिड युनिटमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष कालु राम गुरुङले जानकारी दिए।

यसअघि होम आइसोलेसनमा बसेकी आमाको गएको बुधवार मृत्यु, भएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका छोरालाई स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।
वडा अध्यक्ष गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै छोराबुहारी, अरु दुई छोरीसहित परिवारका पाँच सदस्यलाई कोरोना देखिएको थियो । परिवारका अन्य सदस्य क्रियापुत्रीमा बसेका छन् भने बुहारी र दुई नातिनी अहिले होम आइसोलेसनमा छन् ।

चर्चामा

सम्बन्धित समाचार