• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको सिमा नाका डाव बजारमा हेल्थ डेस्क स्थापना

बाजुराको सिमा नाका डाव बजारमा हेल्थ डेस्क स्थापना

  • शनिबार, बैशाख १८, २०७८
बाजुराको सिमा नाका डाव बजारमा हेल्थ डेस्क स्थापना

बाजुरा — कोरोना महामारीको रुपमा फैलिदै गएको अबस्थामा स्वास्थ्य साबधानी अपनाउन जिल्लाको आगमन हुने अछाम र बाजुराको सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । जिल्ला बाहिरबाट आउने मुख्य नाका रहेको डाब बजारमा हेल्थ डेस्क स्थापाना गरिएको हो ।
डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको नेतृत्वमा गएको टोलीले शुक्रबार हेल्थ डेस्क स्थापना गरि शनिबारदेखी सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा नगरपालिकाको डाव बजारमा स्थापना गरिएको हेल्थ डेस्कमा जिल्ला बाहिरबाट आउने हरुको तथ्याङक संकलन गर्नुका साथै उनिहरुको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिने उदेस्यका साथ हेल्थ डेस्का स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन ।
अबदेखी जिल्ला बाहिरबाट आउने सबैको जिल्लाको सिमाबाटै नागरिकको स्वास्थ्यको बारेमा सामान्य चेकजाजँ हुने भएको छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा  साे हेल्थ डेस्क स्थापना गरीएकाे बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक शाहले बताएका छन । बाजुराको सीमाना डाब बजारमा प्रहरी र स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क संचालन गर्ने र त्यसको ब्यबस्थापन खर्च सबै पालिकाहरु मिलेर ब्यहोर्ने निर्णय गरिएकाे नगर प्रमुख शाहले बताएका छन । यसबाट बाहिरबाट जिल्ला प्रवेश गर्ने ब्यक्तिहरुको स्वास्थ्य अवस्था सहित तथांक संकलन हुने र जसले कोरोनाबाट समुदायलाई बचाउन सहयोग पुग्नेछ।

चर्चामा

सम्बन्धित समाचार