शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको हिमालीमा फैलियो कोरोना, १४ जना संक्रमित गाँउपालिकाको सेवा बन्द

बाजुराको हिमालीमा फैलियो कोरोना, १४ जना संक्रमित गाँउपालिकाको सेवा बन्द

  • शुक्रबार, बैशाख १७, २०७८
बाजुराको हिमालीमा फैलियो कोरोना, १४ जना संक्रमित गाँउपालिकाको सेवा बन्द

बाजुरा — बाजुराको हिमाली गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढि कोरानाका संक्रमीत थपिएका छन । बिहिबार र शुक्रबार गरीएको परिक्षणमा १४ जनालाई संक्रमण देखीएको छ । जसमा ४ जना स्वास्थ्य कर्मी, ६ जना गाउँपालिकाका कर्मचारी र ४ स्थानिय रहेको गाउँपालिकाले जनाएको छ ।
पिसिआर चेकमा २ जना र शुक्रबार गरिएको एन्टीजेन परिक्षण गर्दा १२ जनामा कोरोना देखीएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन । संक्रमित १४ जना गाउँपालिकाले बनाएको आइसोलेशनमा रहेका छन ।
शुकक्रबार २५ जनामा एन्टीजेन परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखीएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताएका छन । गाउँपालिकाका कर्मचारीलाई कोरोना देखीएपछि बैशाख २२ गते सम्मका लागि गाउँपालिकाका सबै सेवाहरु बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
दुई दिनमा गरिएको परिक्षणमा १४ जनालाई कोरोना पोजेटिभ हुँदा हिमाली गाउँपालिकामा कोरोना फैलिएको गाउँपालिकाले जनाएको छ । जाँच गर्ने ब्यबस्थापन नहुँदा समस्या भएको छ । १४ जना संक्रमीत जस्तै लक्षण गाउँमा धेरैलाई देखा परेको तर चेकजाँचमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।
यस अघि पहिलो चरणमा हिमाली गाउँपालिकामा सबै भन्दा कम संक्रमीतको तथ्याङक भएको हिमाली गाउँपालिकामा दोस्रो चरणको कोरानाले भने भयाभह रुप लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार