• होमपेज
  • समाचार
  • कैलालीको घोडाघोडी नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना पुस्टि

कैलालीको घोडाघोडी नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना पुस्टि

  • शुक्रबार, बैशाख १७, २०७८
कैलालीको घोडाघोडी नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना पुस्टि

कैलाली– कैलालीको घोडाघोडी नगरपालिकाका ९ कर्मचारीहरूमा कोरोना संक्रमण पुस्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा घोडाघोडीका ९ जना कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए।

उनका अनुसार नगरपालिमा कार्यरत ५ जना, वडा नम्बर १ मा कार्यरत १ जना, वडा नम्बर ३ मा कार्यरत २ जना र वडा नम्बर १० मा कार्यरत १ जना कर्मचारीमा कोरोना पुस्टि भएको हो।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइशोलेसनमा बसिरहेको उनले जानकारी दिए। कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पनि नगरपालिकाको सेवा बन्द नरहेको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार