• होमपेज
  • समाज
  • कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि…

कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि…

  • शुक्रबार, बैशाख १७, २०७८
कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि…

वनगाड– बालविवाह गरेका आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। वनगाड कुपिण्डे नगरपालिका निवासी यही वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु दुवैले स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि भागी विवाह गरेको किशोरले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ।

बालविवाहसँंगै करणीसमेत भएको भनेर जाहेरी आएकाले सोहीअनुसार कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिएका छन्।

प्रहरीले सल्यान अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। यसैबीच विवाहमा संलग्न भएका आरोपमा किशोरका बुवालाई पक्राउ गरिए पनि संलग्नता नदेखिएकाले प्रक्रिया पुर्‍याएर छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

रासस

चर्चामा

सम्बन्धित समाचार