• होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट बझाङमा एकको मृत्य, प्रदेशमा एकैदिन ९ जनाको ज्यान गयो

कोरोना संक्रमणबाट बझाङमा एकको मृत्य, प्रदेशमा एकैदिन ९ जनाको ज्यान गयो

  • बिहिबार, बैशाख १६, २०७८
कोरोना संक्रमणबाट बझाङमा एकको मृत्य, प्रदेशमा एकैदिन ९ जनाको ज्यान गयो

धनगढी– कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए।

स्वास्थ्यमा समस्या भइ उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेज विधिबाट परीक्षण गर्दा कोरोना पुस्टि भएको थियो। कोरोनाकै सम्पूर्ण लक्षण देखिएका उनको त्यहाँ उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दैगर्दा ज्यान गएको काभिड सम्पर्क व्यक्ति जोशीले बताए। योसहित पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। कैलालीका ५ जना र कञ्चनपुरका ३ जना संक्रमितको बिहीबार नै ज्यान गइसकेको छ।

कैलालीको घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। केहिदिन अघि कोरोना संक्रमण पुस्टि भएका युवकको बिहीबार दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको उनले बताए।

यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै जिल्लाको गोदावरी नगरपालिकाकी ८७ वर्षीया एक महिलाको घरमै मृत्यु भएको छ। केहिदिन अघि कोरोना संक्रमण पुस्टि भएकी ती महिलाको होम आइशोलेसनमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको बुधबार राति १२ बजे र भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया एक महिलाको बिहिबार बिहान ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।

भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनैपनि ट्राभल हिस्ट्री नभएको र उनीमा ब्लड क्यान्सरको समस्या रहेको बताइएको छ। उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोवीन्द रोकायाले बताए।

दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवक मंगलबार अस्पतालमा उपचारको लागि भर्ना भएका थिए। उनीमा कडा खालको निमोनिया देखा परेको थियो। उनी भारतबाट आएको डा रोकायाले बताए। यस्तै बैशाख ११ गते अस्पताल भर्ना भएकी भिमदत्त नगरपालिका १८ की ३६ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार