• होमपेज
  • समाचार
  • स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

  • बिहिबार, बैशाख १६, २०७८
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा ऋषिङ–४ बस्ने ३७ वर्षीय सन्देश गजमेरको मृत्यु भएको प्रहरीले जनाएको छ। दमौलीबाट जाँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टीएको जनाइएको छ।

उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा सोही ठाउँ बस्ने ३७ वर्षीया पवित्रा रानाभाट घाइते भएकी छन्। उनलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार