• होमपेज
  • समाचार
  • बागमती प्रदेशमा २४ घण्टायता कोरोनाबाट ४ जनाको मृत्यु

बागमती प्रदेशमा २४ घण्टायता कोरोनाबाट ४ जनाको मृत्यु

  • बुधबार, बैशाख १५, २०७८
बागमती प्रदेशमा २४ घण्टायता कोरोनाबाट ४ जनाको मृत्यु

बागमती प्रदेशमा २४ घण्टायता कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

काठमाडौँका ४९ र ५३ बर्षका दुई जना पुरुष, चितवनको ७१ बर्षीय पुरुष र नुवाकोटको ७७ बर्षीया महिलाको मृत्यु भएको हो । संक्रमित ७७ बर्षीया महिला स्वासप्रश्वासमा समस्या भएको कारण बैशाख १ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई अन्य कुनैपनि रोगको संक्रमण थिएन ।

काठमाडौँका ५३ बर्षीय पुरुष मुटुको समस्याका कारण बैशाख ११ गते अस्पताल भर्ना भएका थिए । उनलाई बैशाख १० गते नै कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा १४ गते मृत्यु भएको हो । अर्का ४९ बर्षका पुरुष बैशाख ४ गते अस्पताल भर्ना भएका थिए । उनको १३ गते मृत्यु भएको हो । उनलाई पनि अन्य कुनैपनि रोगको संक्रमण थिएन । चितवनका पुरुष भने निमोनियाबाट पीडित थिए । उनी बैशाख ८ गते अस्पताल भर्ना भएका थिए भने १४ गते मृत्यु भएको हो ।

बागमती प्रदेशमा हालसम्म १४ लाख ३९ हजार ६० जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्दा १ लाख ६८ हजार ६ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २२ सय ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

बागमती प्रदेशमा सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय, स्थानीय तह, स्थानीय स्वास्थ्य संस्था एवम् अस्पतालहरुमार्फत् सम्पर्कमा आएका व्यक्तिहरुको खोजी, संक्रमितहरुको फलोअप तथा अन्य व्यवस्थापनको काम भइरहेको प्रवक्ता सेढाईले बताए ।

चर्चामा

सम्बन्धित समाचार