• होमपेज
  • समाचार
  • उपत्यकामा थपिए करिब २ हजार कोरोना संक्रमित

उपत्यकामा थपिए करिब २ हजार कोरोना संक्रमित

  • मङ्लबार, बैशाख १४, २०७८
उपत्यकामा थपिए करिब २ हजार कोरोना संक्रमित

१४ वैशाख, काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ उपत्‍यकामा १९६६ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‍पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार