• होमपेज
  • समाचार
  • कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

  • मङ्लबार, बैशाख १४, २०७८
कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचाररत तिनै जनाको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर गोवीन्द रोकायाले बताए।

मृत्यु हुनेमा जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुष, भीमदत्त नगरपालिका भाँसीका ६० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुष रहेको उनले बताए। भेन्टिलेटर र आइसियूमा राखेर उपचार गराइरहेका ती सबैको मृत्युपश्चात नेपाली सेनाले शव व्यवस्थापन गरेको छ।

हाल महाकाली अस्पतालमा २१ जना संक्रमित उपचाररत छन्। ती मध्ये ६ जना आइसियू र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कोभिड फोकल पर्सन डाक्टर गोवीन्द रोकायाले बताए।

चर्चामा

सम्बन्धित समाचार