१४ वैशाख, काठमाडौं — बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज–६ की ७२ वर्षीया महिलाको मंगलबार बिहान ११ः२५ मा मृत्यु भएको हो ।
उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार गरिएको नमुना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।
मगलबार बिहान मात्रै बाँकेको कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा र दाङको तुल्सीपुरकी ७४ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो ।