• होमपेज
  • समाचार
  • बैतडीमा ५ शिक्षक र २ जना विद्यार्थीमा कोरोना पुस्टि

बैतडीमा ५ शिक्षक र २ जना विद्यार्थीमा कोरोना पुस्टि

  • सोमवार, बैशाख १३, २०७८
बैतडीमा ५ शिक्षक र २ जना विद्यार्थीमा कोरोना पुस्टि

धनगढी– बैतडीमा ५ शिक्षक र २ जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर १० मा रहेको सरस्वती माध्यामिक विद्यालयका ५ जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना संक्रमण पुस्टि भएको हो।

सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालयका अर्का एक जना विद्यार्थीमा पनि कोरोना पुस्टि भएको बताइएको छ।

त्यस्तै उक्त नगरपालिकाकै वडा नम्बर १ का स्वास्थ्यकर्मी, वडा नम्बर २ को कार्यालयका एक कर्मचारी गरी नगरपालिकाभित्रका ९ जनामा कोरोना देखिएको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार