• होमपेज
  • ब्रेक्इङ न्युज
  • शिक्षक र बिद्यार्थीहरुमा भाईरल ज्वरो पछि चार दिनका लागि मालिका माबि बन्द

शिक्षक र बिद्यार्थीहरुमा भाईरल ज्वरो पछि चार दिनका लागि मालिका माबि बन्द

  • सोमवार, बैशाख १३, २०७८
शिक्षक र बिद्यार्थीहरुमा भाईरल ज्वरो पछि चार दिनका लागि मालिका माबि बन्द

बाजुरा १३ बैशाख–बाजुरा जिल्लाका सदरमुकाममा रहेको मालिका नूमना माबि चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बिद्यालयका शिक्षक र बिद्यार्थीहरुमा अत्याधिक भाईरलका बिरामीहरु बढ्न थाले पछि भोली सोमबार देखी चार दिनसम्मका लागि बिद्यालय प्रशासनले बन्द गर्ने निर्णय गरिएको बिद्यालयका शिक्षक तथा सूचना अधिकारी शेरबहादुर रावलले जानकारी दिएका छन् ।
सोमबार देखि कक्षा १ देखी ९ सम्मको पठन पाठन पूूर्णरुपमा बन्द गर्ने र बिहान ११ र १२ का कक्षा र प्राबिधिक तर्फका कक्षाहरु मात्र संचालनमा रहने सूचना अधिकारी रावलले बडिमालिका खवरलाई जानकारी दिएका छन् ।
मालिका माबिमा २ हजार २ सय बिद्यार्थीहरु अध्यानरत रहेका छन् । त्यो मध्ये अधिकाँश बिद्यार्थीहरुलाई भाईरलको प्रकोप देखीएको उनले बताए । त्यस्तै १० जना शिक्षकहरु पनि भाईरलका कारण बिरामी रहेका छन् ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) रोक थापम तथा ब्यबस्थापनको लागि पनि बिद्यालयले पठन पाठन बन्द गर्ने निर्णय गरेको रावलले बताए ।

चर्चामा

सम्बन्धित समाचार