शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • आहा ! बाजुराको बडिमालिका : स्वर्गजस्तै सुन्दर (फाेटाे फिचर)

आहा ! बाजुराको बडिमालिका : स्वर्गजस्तै सुन्दर (फाेटाे फिचर)

  • सोमवार, बैशाख १३, २०७८
आहा ! बाजुराको बडिमालिका : स्वर्गजस्तै सुन्दर (फाेटाे फिचर)

बाजुरा–धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका बैशाख महिना हिउँले पुरै सेताम्बे देखिएको छ । प्राय चैत महिना सम्म मात्र रहने बडिमालिका क्षेत्रमा यो बर्ष भने बैशाख सम्म बडिमालिका पाटनहरु हिउँले सेताम्बे देखिने गरेका छन् ।

No description available.
देशकै चर्चीत धार्मिक तथा पर्यटकिय महत्व बोकेको बडिमालिका समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूणर् मानिन्छ । नेपालका चार धार्मिक धाम मध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ ।

No description available.
बाटोमा खाने बस्ने व्यवस्था नभएको उक्त क्षेत्रमा जनैपुणीमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन् । तर अहिले बडिमालिका हिउँ भएपछि लोभ लाग्दा दृश्य हेर्नका लागि करिब ३५ सय मिटर सम्म आन्तरीक पर्यटक घुम्न जाने गरेका छन् ।

No description available.
बडिमालिका नजिकै पुुगेका स्थानिय जंग रावल भन्छन्, जनैपुर्णिमा मात्र आउने गरेको थिए, अहिले आउदा त स्वर्ग जस्तै लागेको उनले वताए । बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि मनै लोभ्याउने दृश्य देख्न पाइन्छ ।

No description available. पुग्ने उकालोको यात्रा जति नै कठिन भए पनि आँखाले देखेका अनुपम दृश्य संगाल्दै निकै रमाइलो हुने गर्दछ । बडिमालिका क्षेत्र बाट सैपाल लगायतका हिमालहरुको दृश्य अबलोकन गर्न सकिन्छ ।

No description available.
प्राकृतिक हिसाबले भरिपुणर् त्यस क्षेत्रको पर्यटकिय विकासका लागि सरकारले खासै योजना नल्याएको स्थानीयबासी गुनासो रहेको छ । जाने बाटो र बिच ठाउँमा बस्ने बासस्थान नहुदा हिउँको दृश्य अबलोकन गर्न र बडिमालिका पुुग्न निकै असहज हुुने गरेको छ । सदरमुकाम मार्तडी बाट आन्तरीक पर्यटक बडिमालिका क्षेत्रका पाटनमा पुुगेर दृश्य अबलोकन गरिरहेका छन् ।

No description available.
बडिमालिकामा जेठमा पर्ने गंगा दशहराका दिनमा सरकारी पुजा हुने गरेको छ । त्यो दिन हेल्किप्टर मार्फत गएर पुजा गर्ने गरेका छन् । मेला भने जनैपुणर्िमाको दिनमा लाग्ने गरेको छ ।

No description available.जनैपुणर्िमाको दिनमा स्वदेश र भारत बाट दर्शनाथि आउने गरेका छन् । बडिमालिकामा अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ ।

No description available.
बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने भएकाले देश बाहिर बाट समेत दर्शनाथि मेला भर्न आउने गरेको कैलाशमाण्डौका दिर्घराज जोशिले बताएका छन् । बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिबेणिमा बास बस्ने प्रचलन रहेको छ । बडिमालिकाको पुजाआज गरेपछि ईच्छाएको बरदान हुने बडिमालिकाका पुजारी भानुभक्त पाध्याले बताएका छन् ।No description available.
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार