• होमपेज
  • समाचार
  • कोरोनाका कारण बागमती प्रदेशमा एकैदिन ९ जनाको मृत्यु

कोरोनाका कारण बागमती प्रदेशमा एकैदिन ९ जनाको मृत्यु

  • सोमवार, बैशाख १३, २०७८
कोरोनाका कारण बागमती प्रदेशमा एकैदिन ९ जनाको मृत्यु

बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौंमात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंमा मुत्यु भएकामा ४९, ५५, ७०, ७५ वर्षका पुरुष छन् ।

कोरोना संक्रमणका कारण ललितपुरका २ जना, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मृतकहरु सबैको स्वास्थ्यमा कोरोना संक्रमणसँगै मधुमेह, उच्च रक्तचाप, दम, निमोनिया र मिर्गौला सम्बन्धी स्वास्थ्य समस्या थियो ।

कोरोना संक्रमणपछि उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट आइतबार एकैदिन बागमती प्रदेशका १ हजार ५८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार