• होमपेज
  • समाचार
  • दुबईबाट टुलबक्समा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद

दुबईबाट टुलबक्समा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद

  • सोमवार, बैशाख १३, २०७८
दुबईबाट टुलबक्समा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद

काठमाडौं — युनाइटेड अरब ईमिरेट्सको दुबईबाट टुलबक्समा लुकाएर ल्याएको सुन त्रिभुवन विमास्थलमा बरामद गरिएको छ । वायुसेवा निगमको जहाजमा चढेर काठमाडौं आएका प्रदिप प्रसाद न्यौपानेले ल्याएको टुलबक्स जाँच गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सुन फेला पारेका थिए ।

भन्सार कार्यालयले दोलखा घर भएका न्यौपानेलाई पक्राउ गरेको छ । फलामको स्क्रुडाइभरभित्र लुकाएको अवस्थामा करिब ६ सय ग्राम सुन भेटिएको छ ।

न्यौपानेले ल्याएको सुन रिसिभ गर्ने तयारीमा रहेका दुईजनालाई विमानस्थल प्रहरीले अपराध महाशाखासँगको समन्वयमा पक्राउ गरेको छ । रामेछाप घर भएका अनिश तामाङ र सन्जिव योन्जनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।

अनिश र सन्जिवलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको हो । उनीहरुलाई पनि त्रिभुवन विमनास्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार