• होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

  • शनिबार, बैशाख ११, २०७८
कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणका कारण एकै दिन शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना विराटनगरका रहेका छन् ।

उनीहरुको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतले बताए ।
भगतका अनुसार शनिबार बिहान विराटनगर महानगरपालिका–१७ की ७० वर्षीय महिलाको मृत्यु भएको हो ।

त्यसैगरी विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुष र शनिबार बेलुका करिब ५ बजे मृत्यु भएको भगतले जानकारी दिए । इनरुवामा बस्दै आएका उनलाई उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको थियो ।मृतक महिला शुक्रबार कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएको भगतले बताए । श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी महिलाको अवस्था गम्भीर थियो ।

श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै प्रदेश १ मा गएको १० दिन यतामात्र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार