
मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उनका भतिज १३ वर्षीय आषिशकुमर दनुवारको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक मोटरसाइकल चालक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको र बिदामा घर गएको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको थियो।
