• होमपेज
  • समाचार
  • काठमाडौंअध्ययनरत अछामका एक युवकको मृत्यु

काठमाडौंअध्ययनरत अछामका एक युवकको मृत्यु

  • शुक्रबार, बैशाख १०, २०७८
काठमाडौंअध्ययनरत अछामका एक युवकको मृत्यु

धनगढी– काठमाडौं अध्ययनरत अछामका एक युवकको मृत्यु भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका ४ कुस्कोट, तोलिपाटाका २४ वर्षीय नरेश साउँदको मृत्यु भएको हो। उनी काठमाडौंको हिमालयन कलेजमा बीबीएस चौथो वर्षमा अध्ययनरत थिए।

भक्तपुरको लोकन्थली आँखा अस्पताल पछाडि लडेको अवस्थामा फेला परेका साउँदलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

पोष्टमार्टम रिपोर्ट अनुसार उनलाई हृदयघात भएको हुनसक्ने र रक्त सञ्चारमा पनि समस्या देखिएको बताइएको छ। बुधबार मृत्यृ भएका साउँदको शव बिहीबार राति मात्रै अछाम पुर्‍याइएको थियो।

चर्चामा

सम्बन्धित समाचार