• होमपेज
  • समाचार
  • धनगढीको एक होटलबाट १ किलो चरेससहित युवक पक्राउ

धनगढीको एक होटलबाट १ किलो चरेससहित युवक पक्राउ

  • बिहिबार, बैशाख ९, २०७८
धनगढीको एक होटलबाट १ किलो चरेससहित युवक पक्राउ

धनगढी– धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित प्रगती होटलबाट १ किलो लागुऔषध चरेससहित बाजुराको बुढीनन्दा नगरपालिका–९ का चक्रबहादुर रोकायालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

बिहीबार विशेष सूचाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले छापा मार्दा होटल सञ्चालक रहेका रोकायालाई पक्राउ गरेको हो।

पक्राउ परेका रोकायालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार