• होमपेज
  • समाचार
  • जाली नोटसहित तीन जना पक्राउ

जाली नोटसहित तीन जना पक्राउ

  • बिहिबार, बैशाख ९, २०७८
जाली नोटसहित तीन जना पक्राउ

मोरङ — जाली नोटसहित तीन जना पक्राउ परेका छन्। सुनसरीको इनरुवा नगरपालिका ४ मा रहेको स्टार होटल अगाडिबाट जाली नोटसहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका २ का २४ वर्षीय नजिम साफी र धरान उपमहानगरपालिका १७ का महेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरूको साथबाट नेपाली जाली नोट एक हजार दरका चार सय १५ थान बरामद गरेको हो ।

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार