
धनगढी– अछाममा एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुस्टि भएको छ।
जिल्लाको बयालपाटा अस्पतालमा कार्यररत २७ वर्षीय एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाईरसको संक्रमण पुस्टि भएको अस्पतालले बताएको हो।
एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा उनलाई संक्रमण देखिएको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताए।
स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालमा झनै जोखिम बढेको भन्दै बढीभन्दा बढी सतर्कता अपनाउन आग्रह गरिएको छ।
