• होमपेज
  • समाचार
  • डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला

डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला

  • बुधबार, बैशाख ८, २०७८
डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला

धनगढी — डोटीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सडेको अवस्थामा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

महिलाको टाउकोमा पूरै धमिरा लागिसकेको र शरीर कुहिएको अवस्थामा रहेको बताइएको छ । घटनास्थल नजिक पुरुषले लगाउने एउटा चश्मा फेला परेको र एउटा झोलाभित्र महिलाको ओढ्ने सल तथा सुनको तिलहरी पनि भेटिएको प्रहरीले जनाएको छ ।

उक्त शवको सनाखत तथा पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा अहिले घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार