धनगढी — सुदूरपश्चिम लगायतका विभिन्न ठाउँमा आज मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका पहिडी जिलाहरुमा हावाहुरी चल्न सक्ने बताइएको छ ।
सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने छ बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ ।